गृहपृष्ठ श्रीलंकामा बौद्ध धर्मावलम्बी सवार बस दुर्घटना हुँदा २१ जनाको मृत्यु
श्रीलंकामा बौद्ध धर्मावलम्बी सवार बस दुर्घटना हुँदा २१ जनाको मृत्यु
श्रीलंकामा बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । १४ जना गम्भीर घाइते भएका छन् ।
करिब ७० जना सवार उक्त बस मध्य तीर्थस्थल कातारागामाबाट पहाडी क्षेत्र कोटमाले हुँदै कुरुनेगाला शहर जाँदै गर्दा आइतबार बिहान भीरबाट खसेको थियो । दुर्घटनास्थलमा १५ जनाको र अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
श्रीलंकामा बर्सेनि औसत तीन हजार सवारी दुर्घटना हुने गरेका छन् । श्रीलंकाका सडकहरू संसारमै सबैभन्दा खतरनाक सडकमध्ये पर्दछन् ।
प्रकाशित समय १०:३५ बजे















