गृहपृष्ठ मच्छिन्द्रनाथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त
मच्छिन्द्रनाथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त
निषेधाज्ञा तोड्दै ललितपुरका स्थानीयले पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथको रथ तानेर सडकमा ल्याएका छन् ।
रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा झडप भएको हो । बिहीबार बिहान १० बजेपछि जम्मा भएका युवाको भिडले रथ तानेर बीच सडकमा ल्याएको थियो ।
त्यसपछि हजारौं मानिस रथयात्रामा सामेल भएका थिए । यो खबर फैलिएलगत्तै प्रहरीले थप सुरक्षा फौज बोलाएर अहिले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको छ ।
सुरक्षाकर्मी र स्थानीयबीच पुल्चोकमा केही बेर ढुंगा हानाहान भएको थियो । प्रहरीलाई ढुंगा र इँटा प्रहार भएपछि प्रहरीले पनि पानीको फोहोरा प्रहार गरेर भिड तितरवितर पारेको थियो । त्यसपछि अहिले स्थिति तनावग्रस्त बनेको छ । अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ ।
प्रकाशित समय १४:२८ बजे














