DG Creation

गृहपृष्ठ पहिरोले वीपी राजमार्ग अवरुद्ध

पहिरोले वीपी राजमार्ग अवरुद्ध

Pahiro-candles khabar

पहिरोका कारण वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखिको पानीका कारण पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

“दुई ठाउँमा पहिरोले राजमार्ग अवरुद्ध भएको छ । पहिरो हटाउने काम भइरहेको छ,” जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले भने ।

सुनकोसी गाउँपालिका–२ कमिरेफाडमा पहिरो जाँदा वीपी राजमार्ग अवरुद्ध भएको हाे । गोलन्जोर गाउँपालिका–६ अक्करेभिरमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् ।

पहिरोले दुईतर्फी सडक अवरुद्ध भएको छ । पहिरोमा फसेका सवारीसाधनलाई निकालेर सुरक्षित स्थानमा राखिएको डीएसपी खड्काले जानकारी दिए ।

प्रकाशित समय ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

Global
DG Creation