गृहपृष्ठ इन्टरनेटमाथि नियन्त्रण, चीनकै बाटोमा अमेरिका !
इन्टरनेटमाथि नियन्त्रण, चीनकै बाटोमा अमेरिका !
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोका अनुसार अमेरिकी सरकार एक स्वच्छ इन्टरनेट चाहन्छ । उनको भनाइको अर्थ के हो भने ट्रम्प प्रशासन अमेरिकामा इन्टरनेटमाथि चीन तथा चिनियाँ कम्पनीहरुको प्रभाव अन्त्य गर्न चाहन्छ । तर आलोचकहरुका अनुसार अमेरिकाको यस्तो कदमले विश्व इन्टरनेट जगतलाई विभाजनको दिशामा लैजान सक्दछ ।
पछिल्लो समय स्प्लिन्टरनेट शब्दको प्रयोग हुन थालेको छ । आमरुपमा चीन तथा रुसका बारेमा कुरा गर्दा यो शब्द प्रयोग हुने गरेको छ ।
जो सरकारले मानिसहरुले इन्टरनेटमा के हेर्न पाउँछन् भन्ने कुराको नियन्त्रण गर्न चाहन्छ उसलाई नियन्त्रणको अर्थ थाहा हुन्छ ।
चीनको ग्रेट फायरवाल यसको एक सटीक उदाहरण हो जसले कुनै देशले कसरी इन्टरनेटलाई आफ्नो वरीपरि एक पर्खालको रुपमा खडा गर्न सक्दछ भन्ने देखाउँदछ । चीनमा न त गुगल चलाउन सकिन्छ, न त फेसबुक नै ।
इन्टरनेट माथि चीनको यस्तो नियन्त्रणको बाटो अमेरिकाले पनि पक्रिएला भन्ने सायद कसैलाई पनि आशा थिएन । तर अमेरिकी विदेशमन्त्रीको पछिल्लो वक्तव्यले अमेरिका पनि अब चीनकै मार्गमा अगाडि बढिरहेको देखाउँदछ ।
पोम्पियोका अनुसार सरकार अमेरिकी मोबाइल एप स्टोरबाट विश्वास गर्न नसकिने खालका एप्लिकेसनहरुलाई हटाउन चाहन्छ । उनी भन्छन्, ‘चीनका एपहरु हाम्रो गोपनियताका लागि खतरा छन् । यिनले भाइरस, प्रोपोगाण्डा तथा भ्रामक सूचना फैलाइरहेका छन् ।’
प्रकाशित समय २१:२९ बजे















