DG Creation

गृहपृष्ठ भारतमा टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध

भारतमा टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध

Tik Tok media App Illustration

भारत-चीनबीच बढ्दो विवादका बीच भारतले चीनबाट सञ्चालित केही एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारत सरकराले छोटो भिडियो शेयरिङ एपका रूपमा चर्चित टिकटकसहित ५९ वटा एपमाथि प्रतिबन्ध लगाएको हो ।

भारतीय सञ्चारमाध्यम आजतककी एक्जुकेटिभ इडिटर अन्जना ओम कश्यपले ट्विटमा भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको बताएकी छन् ।

 

लद्दाखको गलवानमा भएको भारत र चिनियाँ सैनिकबीचको हिंस्रक झडपपछि भारत र चीनबीच विवाद चुलिएको छ । उक्त झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । यद्यपि, चिनियाँ पक्षतर्फ कति सैनिकको मृत्यु भएको भन्नै अझैसम्म पुष्टि भएको छैन ।

उक्त घटनापछि चीन विरोध भावना बढ्दै गएको भारतीय संचार माध्यमले जनाएका छन् । पछिल्लो समय टिकटकलाई अनइन्टल गर्ने भारतीय बढ्दै गएको र चिनियाँ मोबाइल फोन पनि प्रयोग नगर्ने कार्य बढ्न थालेको बताइएको छ ।

प्रकाशित समय २१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

Global
DG Creation