गृहपृष्ठ भारतमा कोरोनाबाट एकै दिन ४८२ को मृत्यु, २० हजार संक्रमित
भारतमा कोरोनाबाट एकै दिन ४८२ को मृत्यु, २० हजार संक्रमित
छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४८२ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २० हजार ६४२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २० हजार ७५२ जना संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ । भारतमा कुल संक्रमित ७ लाख ४० हजार ४१७ पुगेको छ ।
यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म ४ लाख ५६ हजार ८३० जना ठिक भएका छन् भने २ लाख ६४ हजार ९४४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १९ लाख ५० हजार ३८९ पुगेको छ भने मृतकको संख्या ५ लाख ४६ हजार ६२९ पुगेको छ ।
त्यस्तै विश्वभर ६८ लाख ९५ हजार ५४७ जना कोरोना संक्रमित ठिक भएका छन् ।
प्रकाशित समय १०:२५ बजे















