DG Creation

गृहपृष्ठ भारतमा एकै दिन कोरोनाबाट ९७ हजारभन्दा बढी संक्रमित

भारतमा एकै दिन कोरोनाबाट ९७ हजारभन्दा बढी संक्रमित

Many Who Atteded Tablighi Jamaat Event At Nizamuddin Markaz Tested Positive For COVID-19

भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जना संक्रमित भएको अधिकारीहरुले शनिवार जानकारी दिएका छन् । योसँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल संक्रमितहरुको संख्या ४६ लाखभन्दा बढी पुगेको देखिएको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल संख्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ । कुल मृतकमध्ये १ हजार २०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले बताएको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ४६ लाख ५९ हजार ९८५ जना संक्रमित भएको अधिकारीहरुले बताएका छन् । ती मध्ये ३६ लाख २४ हजार १९७ जना संक्रमणमुक्त भइसकेका छन् ।अधिकारीहरूका अनुसार अरु ९ लाख ५८ हजार ३१६ जना अझै पनि संक्रमित अवस्था मै रहेका छन् ।

भारतमा सवैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म कोरोनाकै कारणले २८ हजार जनाको मृत्यु भएको छ ।

महाराष्ट्रमा अहिले पनि २ लाख ६१ हजार ७९८ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी आन्द्र प्रदेश दोस्रो धेरै प्रभावित प्रदेशमा पर्दछ । जहाँ अहिलेपनि ९७ हजार ३३८ जना सक्रिय संक्रमितहरु रहेका छन् भने ४ हजार ७०२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

कुल ४८ हजार ४८२ जना सक्रिय संक्रमितहरु रहेको तमिल नाडु भारतको तेस्रो धेरै प्रभावित प्रदेशमा पर्दछ । तमिल नाडुमा मात्रै कोरोनाका कारण अहिलेसम्म ८ हजार १५४ जनाको मृत्यु भएको छ ।

त्यसपछि धेरै प्रभावित प्रदेशहरुमा कर्नाटक र दिल्ली प्रदेश रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ ।

प्रकाशित समय १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation