गृहपृष्ठ अमेरिकामा अत्यधिक गर्मीको असरः ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका ११ जना अस्पताल भर्ना
अमेरिकामा अत्यधिक गर्मीको असरः ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका ११ जना अस्पताल भर्ना
एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका लगभग ११ जना मानिस अस्पताल भर्ना भएका छन् ।
फिनिक्स फायर विभागले उत्तरी फिनिक्सको ड्रीम सिटी चर्चमा आयोजना गरिएको कार्यक्रममा सहभागी ११ जनालाई अस्पतालमा लगेको द हिलले जनाएको छ ।
फिनिक्स राष्ट्रिय मौसम विभागका अनुसार यस वर्ष पहिलो पटक बिहीबार तापक्रम ११० डिग्री फरेनहाइट पुगेको बताएको हो । अनलाइनमा प्रसारण गरिएको भिडियो र फोटोहरूले चरम गर्मीका कारण धेरै मानिसहरू बेहोस भएको र चिकित्सा सहायताको आवश्यकता परेको देखाइएको छ ।
प्रकाशित समय २०:१३ बजे















