गृहपृष्ठ दीपकराजलाई दिदी-बहिनीले कमेन्ट पढ्ने डर !
दीपकराजलाई दिदी-बहिनीले कमेन्ट पढ्ने डर !
सामाजिक सञ्जालमा निकै सक्रिय छन्, अभिनेता दीपकराज गिरी । उनी हरेक विषयमा आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालमार्फत् नै सार्वजनिक गरिरहेका हुन्छन् । त्यसैले प्रायस् उनी विवादित पनि बनिरहेका हुन्छन् ।
केही दिनदेखि निर्देशक दीपाश्री निरौलाले दिएको एक अभिव्यक्तिका कारण पनि दीपकराज विवादमा मुछिएका थिए । दीपाश्रीले अभिनेता राजेश हमालको ुमहानायकु उपाधिमाथि प्रश्न गरेपछि दीपक पनि विवादित बनेका थिए ।
बिनाकसुर आफू विवादित बनेपछि दीपकराजले आफूले कहिल्यै ुमहानायकु बन्ने लक्ष्य नराखेको प्रष्ट पारे । आफ्नो गल्तीबिना खिसी गरेर महानायक बनाइदिनेहरूलाई उनले धन्यवाद दिए ।
अहिले पुनस् दीपकराजले एक स्टाटस लेखेका छन् । उनले हरेक गल्तीको उत्तर मुस्कान नै हुने लेखेका छन् । उनले त्यहाँ थपेका छन्, ुदिदी(बहिनीहरूले कमेन्ट नपढ्नुहोला ।ु
दीपकराजको कमेन्टमा गाली धेरै आइरहेको हुन्छ । उनलाई आएको गाली अपशब्दसहितको पनि हुन्छ । त्यसैले दीपकले दिदी(बहिनीलाई कमेन्ट नपढ्न सुझाएका हुन् ।
प्रकाशित समय २१:५७ बजे














