DG Creation

गृहपृष्ठ कविताः ‘म अझै लडिरहेछु’

कविताः ‘म अझै लडिरहेछु’

(एसिड आक्रमणमा परेका महिलाहरूमा समर्पित कविता)

Avash Budhathoki-candles khabar

ऊ आयो
(अन्जान थियो ऊ मेरो लागि)
सजिलै प्रेम प्रस्ताव राख्यो
मैले अस्विकार गर्दा एसिड छ्याप्यो ।
उसको प्रेम प्रस्ताव,
मैले अस्विकार गर्न नपाउँदो रहेछु
र,
त आज पिडामा तड्पिरहेछु
न्याय पाउने आसमा बाचिरहेछु,
म अझै लडिरहेछु ।।

जब मेरो अनुहार, हात र घाँटि
एसिडले जल्न थाल्यो,
म रोएँ, कराए, तडपिए
(पलभरमै उसले मलाई कुरूप बनायो)।
कानुनले न त खुलेआम एसिड बिक्रि हुन नै रोक्यो,
न त मलाई छ्याप्नेलाई कडा सजाय दिन नै सक्यो ।
अझैपनि न्याय पाउँने आसमा बाचिरहेछु,
म अझै लडिरहेछु ।

मलाई एसिड छ्याप्ने कतै रमाउँदै होला
खै १ अझै कसलाई निसाना बनाउँदै होला।
आज म आफ्नो पुरानो तस्बिर हेर्दै,
बिगत सम्झि रमाउदै छु,
वर्तमान बिर्सदै छु,
र,
भविष्यको सोच्दै छु ।
अनि,
यस्ता घटना अरू कसै माथि,
नघटोस भनि प्राथना गर्दै छु ।
न्याय पाउने आसमा बाचिरहेछु,
म अझै लडिरहेछु ।।
(अमानविय व्यवहार कसैमाथि नगरौं, नगराऔं)

प्रकाशित समय २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation