DG Creation

गृहपृष्ठ विभागका ४०० कार्यक्रममा ५० करोड २७ लाख खर्च, गाडी दिएकालाई समेत यातायात खर्च

विभागका ४०० कार्यक्रममा ५० करोड २७ लाख खर्च, गाडी दिएकालाई समेत यातायात खर्च

एक वर्षमा ३६५ दिन हुन्छ । त्यसमध्ये ५२ वटा शनिवार पर्दछन् । विभिन्न पर्व र दिवसमा पनि सरकारले बिदा दिने गर्छ ।

तर, स्वास्थ्य सेवा विभागले एक वर्षमा हुने दिनभन्दा बढी ४०० वटा तालिम, गोष्ठी र सेमिनारको आयोजना गरेको छ । ४०० कार्यक्रमका लागि विभागले ५० करोड २७ लाख १ हजार रुपैयाँ खर्चे छ ।

विभागले यो वर्ष खर्च गरेको ३ अर्ब १५ करोड ५१ लाख ८४ हजार रुपैयाँ मध्ये तालिम, गोष्ठी र सेमिनार जस्ता करिब ४०० वटा क्रियाकलाप समावेश गरी कार्यक्रम खर्च शीर्षकमा मात्र ५० करोड २७ लाख १ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले औँल्याएको हो । प्रतिवेदन अनुसार यस्ता कार्यक्रम संघीय तथा प्रदेश तालिम केन्द्र, प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा विभाग आफैँले सञ्चालन गरेको छ ।

यति मात्रै होइन विभागले सवारीसाधन उपलब्ध गराएका कर्मचारीलाई समेत यातायात खर्च भुक्तानी गर्ने गरेको छ भने एउटै कर्मचारीलाई पटक पटक पेस्की दिएको छ । ‘तालिम कार्यक्रमहरू सञ्चालन हुनुभन्दा निकै अगाडि पेस्की दिने, समयमा पेस्की फर्स्यौट नगर्ने, विभिन्न होटेल तथा आपूर्तिकर्तालाई नगदमा भुक्तानी गर्ने, विभागले सवारीसाधन उपलब्ध गराएका कर्मचारीलाई समेत यातायात खर्च भुक्तानी गर्ने गरेको,’ एउटै कर्मचारीलाई पटक पटक पेस्की दिएको जस्ता बेहोरा देखिएका छन्’, प्रतिवेदनमा भनिएको छ, ‘यस प्रकारको तालिम कार्यक्रममा पुनरावलोकन हुनुपर्दछ ।’

प्रकाशित समय १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation