DG Creation

गृहपृष्ठ यी हुन् एमालेबाट सरकारमा जाने ८ मन्त्री (सूचीसहित)

यी हुन् एमालेबाट सरकारमा जाने ८ मन्त्री (सूचीसहित)

Bishnu paudel-

नेकपा एमालेले ८ जना मन्त्रीको टुंगो लगाएको छ।

आइतबार साँझ अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री बन्ने ८ जनाको नाम टुंगो लगाएका हुन्।

ओलीले विष्णु पौडेललाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री बनाउने तयारी गरेका छन्।

त्यसैगरी मानवीर राई रक्षा, सन्चारमा पृथ्वी सुब्बा गुरुङ, शिक्षामा विद्या भट्टराई, उद्योगमा दामोदर भण्डारी, संघीय मामिला तथा सामान्य प्रशासनमा, राजकुमार गुप्ता, भूमि व्यवस्था तथा सहकारीमा बलराम अधिकारी र भौतिक पूर्वाधार तथा यातायतमा देबेन्द्र दाहाल मन्त्री बन्ने टुंगो लागेको एमाले स्रोतले जनाएको छ।
नयाँ मन्त्रीहरुको आजै शपथ हुँदैछ।

प्रकाशित समय ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

Global
DG Creation