DG Creation

गृहपृष्ठ पत्रकार प्रदीप भट्टाराईमाथि भएको आक्रमणको पत्रकार महासंघद्वारा कडा भर्त्सना

पत्रकार प्रदीप भट्टाराईमाथि भएको आक्रमणको पत्रकार महासंघद्वारा कडा भर्त्सना

Nepal-patrakar-mahasangh-candles khabar

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले पत्रकार तथा फोटो पत्रकार प्रदीप भट्टाराईमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको कडा शब्दमा भर्त्सना गरेको छ।

गएराति पत्रकार भट्टाराईमाथि एक योजनाबद्ध तरिकाले आक्रमण गरिएको भन्दै महासंघले उक्त घटनाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रहार भएको बताएको छ। महासंघका अनुसार भट्टाराईमाथि भएको आक्रमणमा सत्तारूढ दलसम्बद्ध युवा संगठनका सदस्यहरू संलग्न रहेको प्रारम्भिक जानकारी छ।

विज्ञप्तिमा भनिएको छ, “कुनै पनि हालातमा पत्रकारलाई योजनाबद्ध रूपमा डरत्रास देखाउने, आक्रमण गर्ने र अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको घटनालाई स्वीकार्न सकिन्न।” महासंघले दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकार, प्रशासन र सुरक्षा निकायलाई आग्रह गरेको छ।

महासंघले आक्रमणको सशक्त छानबिन गर्दै दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन र प्रेस स्वतन्त्रताको रक्षा गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ। साथै, यस किसिमका घटनाले प्रेस स्वतन्त्रताको मर्ममाथि आँच आउने भन्दै चासो व्यक्त गरेको छ।

 

प्रकाशित समय १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation