गृहपृष्ठ आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा
आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा
सभापति देउवा
काठमाडौँ, ९ साउनः सहिद स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालयद्वारा शुक्रबार आयोजित नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रज सेनानी सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व. दुण्डिराज शास्त्रीज्युको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान विषयक विचार गोष्ठी’मा धारणा राख्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिरः गोपाल दाहाल÷रासस
काठमाडौँ, ९ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान संशोधन गरिने बताउनुभएको छ ।
आज यहाँस्थित सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५औँ दिनको स्मृतिमा आयोजित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले संविधान बहुलवादमा आधारित रहेकाले बदलिँदो समयको मागअनुसार संशोधन गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको संविधान बहुलवादमा आधारित छ । संविधान संशोधनका विषयमा अहिले सबै क्षेत्रबाट आवाज उठिरहेका छन् । राष्ट्रियसभाको सभापति र उपसभापतिलाई राख्नुपर्छ भन्ने धारणा छ । त्यसैले आवश्यकताअनुसार संविधान संशोधन हुन्छ ।”
सभापति देउवाले देशमा चुनावका बेला नेपाल कम्युनिष्ट पार्टीजस्ता दलहरू फरक देखिए पनि व्यवहार र तहमा सबै प्रजातान्त्रिक शक्तिहरूले सहकार्य गर्दै आएको जानकारी गराउनुभयो । सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय शास्त्रीको कांग्रेस पार्टी देश र नागरिकका लागि निकै उल्लेख्य योगदान भएको भन्दै सभापति देउवाले उहाँको प्रशंसासमेत गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा राष्ट्रियसभा संसदीय दलका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति विमलेन्द्र निधि तथा कांग्रेस नेता अर्जुननरसिंह केसीले अध्यक्ष स्व शास्त्री
प्रकाशित समय १७:२५ बजे















