गृहपृष्ठ संसद अधिवेशन अन्त्य गरेकोमा देउवाको घोर असन्तुष्टि
संसद अधिवेशन अन्त्य गरेकोमा देउवाको घोर असन्तुष्टि
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का नेतहरुको भटमा संसद अधिवेशन अन्त्य गरेर राम्रो नभएको बताएका छन् ।
मंगलबार विहान जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरु डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए ।
भेटमा सरकारले हतारमा संसद अधिवेशन अन्त्य गरेको विषयमा समीक्षा भएको थियो । ‘जनताको आवाज राख्ने त्यही एउटा ठाउँ थियो, सरकारले संसदको अधिवेशन अन्त्य गरेर मुखमा ताला लगाउने काम गरेको छ’ भेटपछि नेता महतोले एक अनलाइनसँग भने, ‘संसद अधिवेशन अन्त्य गरेकोमा दुवै दलले असन्तुष्टि व्यक्त गरेका छौं ।’
प्रकाशित समय १३:०५ बजे















