गृहपृष्ठ नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? यस्तो छ समग्र विवरण
नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? यस्तो छ समग्र विवरण
Corona- Candles Khabar
नेपालमा बितेको २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा ४ हजार २ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
बितेको २४ घण्टामा नेपालमा थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
नेपालमा हाल ५ हजार ९ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भइ १ सय ७३ जना घर फर्किएका छन् । त्यससँगै आजसम्म ११ हजार ८ सय ६८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । जुन कुल संक्रमितको ६६ दशमलव ५१ प्रतिशत हो ।
नेपालमा हालसम्म कोरोनाको कारण ४० जनाको ज्यान गएको छ । आइतवार ९हिजो० नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज काठमाडौं उपत्यकाका ३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १ जना काठमाडौंका रहेका छन् भने २ जना भक्तपुरका रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
प्रकाशित समय २०:४४ बजे















