गृहपृष्ठ आज २०७७ श्रावण ५ गते, सोमवारको राशिफल
आज २०७७ श्रावण ५ गते, सोमवारको राशिफल
मेष राशि : दिन सुखद् रहनेछ । कार्य व्यवसायमा उन्नतिका साथै जलीय वस्तुबाट लाभ रहनेछ । प्रेम जीवन पनि आज पारखिलो रहने देखिन्छ ।
वृष राशिः अध्ययनमा रुचि जाग्नेछ । आर्थिक उन्नतिका साथै जलीय वस्तुबाट लाभ रहने देखिन्छ । धार्मिक कार्यमा पनि संलग्नता रहने आजको राशिफल रहेको छ ।
मिथुन राशिः वृत्ति लाभ हुनेछ । कार्य व्यवसायमा उन्नतिका साथै यात्राका योग पनि देखिन्छन् । भौतिक वस्तुबाट विशेष लाभ हुनेछ ।
कर्कट राशिः ग्रहबल आज कमजोर देखिन्छ । खर्च वृद्धिका साथै शत्रुपक्षबाट पनि भय रहनेछ । विद्याको क्षेत्र मध्यमफलदायी रहनेछ ।
सिंह राशिः गृह सुख मिल्नेछ । कान्ति वृद्धिका साथै कला मनोरञजनमा चाख रहने देखिन्छ । जलीय वस्तु आज विशेष लाभदायी रहनेछन् ।
कन्या राशिः प्रिय सुख मिल्नेछ । कान्ति वृद्धिका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल देखिन्छ ।
तुला राशि: वित्तीयलाभ हुनेछ । मित्र सुख मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।
वृश्चिक राशिः दिन कार्यदायी रहनसकनेछ । कार्य अवरोधका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु जनै उचित हुने आजको राशिफल रहेको छ ।
धनु राशिः विद्याको क्षेत्र सबल रहनेछ । कार्य लाभका साथै व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् ।
मकर राशिः मित्र लाभ हुनेछ । आर्थिक उन्नतिका साथै यात्राका योग पनि देखिन्छन् । पारिवारिक सुख मिल्ने आजको राशिफल रहेको छ ।
कुम्भ राशिः भौतिक वस्तुबाट लाभ हुनेछ । कार्य क्षेत्रमा उन्नतिका साथै मित्र मिलनका योग पनि देखिन्छन् । अध्ययन अध्यापनमा पनि सफmलता मिल्ने आजको राशिफल रहेको छ ।
मीन राशिः ग्रह बल आज कमजोर रहनेछ । जसले कार्य क्षेत्रमा अस्थिरताका साथै शत्रुपक्ष पनि सबल रहनसक्नेछन् । स्वास्थ्यमा पनि सजग रहनु आज उचित हुनेछ ।
प्रकाशित समय ०५:०५ बजे












