गृहपृष्ठ बी.पी. कोइराला ३८ औं बी.पी. स्मृति दिवस सम्पन्न
बी.पी. कोइराला ३८ औं बी.पी. स्मृति दिवस सम्पन्न
आज ३८ औं बी.पी. स्मृति दिवसको सन्दर्भमा जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले बी.पी. ट्रष्टको कार्यालय स्थित सभा हलमा एक विचार मन्थन तथा स्मरणको कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा, बी.पी. ट्रष्टका महासचिव रामचन्द्र पोखरेल, पुरुषोत्तम बस्नेत, डा.ज्ञानू पान्डे तथा डा.दिनेश भट्टराई बोलेका थिए थियो ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो भाष्यकार बीपी कोइरालाको ३८ औंँ स्मृति दिवसका सन्दर्भमा सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हरेकपल डट कमले बिपी विमर्शका बहुआयाम विषयमा करिब दुई महिना संवाद, बहस र विमर्शको कार्यक्रम गर्ने भएको छ । साउन ६ गते दिउँसो १ बजे नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कार्यक्रमको उद्घाटन गरि सो कार्यक्रमको बहस र विमर्श भएको थिएको ।
जुम प्रविधिबाट गरिने उक्त कार्यक्रममा बीपी कोइरालाको राजनैतिक, आर्थिक, सामाजिक विचार, साहित्य सिर्जनाको क्षेत्रको विशेष चर्चा हुनेछ ।
प्रकाशित समय १५:०३ बजे














