DG Creation

गृहपृष्ठ आज २०७७ श्रावण ६ गते, मंगलवारको राशिफल

आज २०७७ श्रावण ६ गते, मंगलवारको राशिफल

rashifal-Candles Khabar

मेष राशिः दिन कार्यदायी रहनसक्नेछ । स्वास्थ्यमा प्रतिकूलताका साथै खर्चवृद्धिको योग पनि देखिन्छ । अन्य क्षेत्र मध्यम फलदायी रहनेछन् ।

वृष राशिः आर्थिक उन्नति हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै धातुजन्य वसतु लाभदायी रहनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

मिथुन राशिः पराक्रम बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । दिन सुखमय व्यतित हुनेछ ।

कर्कट राशिः मिष्ठान्न लाभ हुनेछ । कार्य व्यवसायमा उन्नति हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । विद्याको भाव बलावन रहनेछ ।

सिंह राशिः शारीरिक आलश्यता रहनेछ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्च बढाउनुका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ ।

कन्या राशिः धार्मिक कार्यमा मन जानेछ । आय आर्जमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ ।

तुला राशिः पारिवारिक सुख मिल्नेछ । जलीय पदार्थ लाभदायी रहनुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ ।

वृश्चिक राशिः भौतिक वस्तु लाभदायी रहनेछन् । आय आर्जनमा वृद्धि हुनुका साथै मानसिक तुष्टि मिल्ने देखिन्छ । पारिवारिक सुख प्राप्तिका योग पनि देखिन्छन् ।

धनु राशिः कार्यमा अवरोध रहनेछ । आर्थिक अस्थिरताका साथै प्रतिकूल स्वास्थ्यको पनि सामना गर्नुपर्ने देखिन्छ । प्रेम जीवन मध्यमफलदायी रहनेछ ।

मकर राशिः यात्राका योग देखिन्छन् । व्यवसायमा उन्नतिका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । कर्मक्षेत्र सबल रहनेछ ।

कुम्भ राशिः बौद्धिक कार्यमा मन जानेछ । आध्यात्मिक चिन्तनमा मन प्रवृत्त हुनेछ । सुखद् यात्राका साथै । भौतक वस्तु बाट पनि लाभ रहनेछ ।

मीन राशिः सांगीतिक क्षेत्रमा रुचि रहनेछ । आय आर्जनमा वृद्धि हुनुका साथै व्यवसायिक सफलता मिल्ने देखिन्छ । कला साहित्यमा विशेष लगाव रहेने आजकोे राशिफल रहेको छ ।

प्रकाशित समय ०५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation