गृहपृष्ठ ‘एसिड आक्रमणकारीलाई जन्मकैद हुनुपर्छ’
‘एसिड आक्रमणकारीलाई जन्मकैद हुनुपर्छ’
विद्यमान कानुनअनुसार अनुहार नै कुरुप हुने गरी कसैले एसिड आक्रमण गरेको रहेछ भने ५ देखि ८ वर्ष जेल सजाय हुन्छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले एसिड आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्ड सजायलाई समय सापेक्ष परिमार्जन गर्न आवश्यक देखिएकोले सम्वन्धित विद्यमान कानूनमा आवश्यक संशोधन गर्ने कार्यलाई तत्काल अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै कानून संशोधनका लागी आवश्यक समन्वयका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ । उत्पीडनसम्वन्धी उजुरीहरु प्राथमिकतामा नपर्ने र उत्पीडन सम्वन्धमा स्पष्ट कानूनी व्यवस्थाको अभाव पनि रहेको देखिएकोले, उत्पीडितलाई उजुरी दिन उत्पे्ररित गर्न, यस्ता उजुरीहरु प्रति संवेदनशिल भई तुरुन्तै सम्वोधन गर्ने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ । बैठकले एसिड खरिद बिक्रि कार्यलाई नियन्त्रण एवं व्यवस्थित गर्न र खरिदकर्ताको विस्तृत विवरण अनिवार्यरुपमा अभिलेखिकरण गर्न समेत समितिले निर्देशन दिएको समिति सभापति निरुदेवी पालले जानकारी दिए ।
बैठकमा एसिड आक्रमणबाट घाइते भएकाहरुले कमजोर कानूनकै कारण आफुहरुमाथि एसिड आक्रमण भएको गुनासो गरेका थिए ।
बैठकमा समिति सदस्यहरुले एसिड आक्रमणसम्बन्धी कानूनी व्यवस्था कमजोेर हुँदा यस्तो घटनाहरु भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकले एसिड पिडितहरुको उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्न, सीपमुलक तालिम उपलव्ध गराउन, सरकारी सेवाका रोजगारीमा प्राथमिकता दिन तथा यस्ता व्यक्तिहरुको जीविकोपार्जनलाई सहज बनाउन र सामाजिक पुनस्र्थापना सम्बन्धमा कार्यक्रम तुरुन्त तयार गरी कार्यान्वयन गर्न-गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।
प्रकाशित समय २१:५६ बजे















