DG Creation

गृहपृष्ठ आज २०७७ श्रावण २० गते, मंगलवारको राशिफल

आज २०७७ श्रावण २० गते, मंगलवारको राशिफल

rashifal-cadles khabar

मेष राशिः पराक्रम बढ्नेछ । मिष्ठान्न प्राप्तिका साथै कार्य व्यवसायमा पनि उन्नति हुनेछ । प्रेम जीवन पारखिलो रहनेछ ।

वृष राशिः धनको क्षेत्र सब रहनेछ । मित्र लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । विद्याको क्षेत्र आज सबल रहनेछ ।

मिथुन राशिः चन्द्रबल आज कमजोर रहनेछ । खर्चमा वृद्धिका साथै कार्यमा पनि अस्थिरता रहनसक्ने देखिन्छ । अध्ययनको क्षेत्र मध्यम फलदायी रहनेछ ।

कर्कट राशिः प्रियलाभ हुनेछ । कान्ति वृद्धिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । वित्तीय क्षेत्र लाभदायी रहनेछ ।

सिंह राशिः कान्ति वृद्धि हुनेछ । वित्तीय लाभका साथै नयाँ कार्यमा मन प्रवृत्त हुनेछ । आध्यात्मिक क्षेत्रमा विशेष अभिरुचि रहनेछ ।

कन्या राशिः जलीय वस्तु लाभदायी रहनेछन् । बौद्धिक कार्यमा संलग्नताका साथै कार्यक्षेत्रमा पनि उन्नति हुनेछ । पारिवारिक सुख मिल्ने आजको राशिफल रहनेछ ।

तुला राशिः कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । शत्रु पक्ष सबल रहनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ ।

वृश्चिक राशिः वित्तीय लाभ हुनेछ । गृह सुख मिल्नुका साथै सांगीतिक क्षेत्रमा लगाव रहनेछ । कार्यमा पनि व्यस्तता रहने आजको राशिफल रहेको छ ।

धनु राशिः मित्रसुख मिल्नेछ । कान्ति वृद्धिका साथै अध्ययन अध्यापनका पनि सफलता मिल्ने देखिन्छ । व्यवसायमा पनि वृद्धि हुनेछ ।

मकर राशिः धार्मिक कार्यमा रुचि जाग्नेछ । आर्थिक उन्नतिका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

कुम्भ राशिः शत्रुपक्ष सबल रहनेछन् । कार्यमा अस्थिरताका साथै स्वास्थयमा पनि प्रतिकूलता रहनसक्नेछ । प्रेम जीवन मध्यम फलदायी रहनेछ ।

मीन राशिः द्रव्य लाभ हुनेछ । कान्ति वृद्धिका साथै सुखद् यात्राका योेग पनि देखिन्छन् । वित्तीय क्षेत्र सबल रहने देखिन्छ ।

प्रकाशित समय ०५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation