DG Creation

गृहपृष्ठ तीन सय ८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि, काठमाडौंमा एक जनाको मृत्यु

तीन सय ८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि, काठमाडौंमा एक जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।
देशका बिभिन्न स्थानमा रहेको प्रयोगशालामा भएको परिक्षणका क्रममा थप तीन सय ८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वासथ्य मन्त्रालय प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।

उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

प्रकाशित समय १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation