DG Creation

गृहपृष्ठ सरकारले केही गरेन भन्नु गलत हो :मुख्यमन्त्री

सरकारले केही गरेन भन्नु गलत हो :मुख्यमन्त्री

Sankher pokhrel-candles khabar

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारले केही गरेन भनेर गलत प्रचार गरिएको बताएका छन् । दाङ लमहीस्थित नर्ती खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले हरेक क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै जनस्तरबाट पनि सरकारका कामको स्वागत हुनुपर्ने बताएका छन्।

प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले खानेपानीका लागि संरचना बनाएर मात्रै नपुग्ने भन्दै पानीको स्रोत संरक्षणमा ध्यान दिन उपभोक्तालाई आग्रह समेत गरे । दाङ पानीको स्रोत कम भएको जिल्लाका रुपमा रहेको भन्दै उनले जलासय निर्माण गरेर पानीको स्रोत संरक्षण गर्नुपर्नेमा जोड दिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागतमा उक्त खानेपानी आयोजना निर्माण भएको हो ।

प्रकाशित समय २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation