गृहपृष्ठ मध्यपुरथिमिको उद्योगमा आगलागी
मध्यपुरथिमिको उद्योगमा आगलागी
स्यानेटाइजरलगायत विभिन्न रसायन बनाउने एक उद्योगमा आज साँझ आगलागी भएको छ । मध्यपुरथिमि नगरपालिका–६ स्थित युनाइटेड नेपाल केमिकल प्राइभेट लिमिटेडमा साँझ ६ बजेदेखि आगलागी भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
भक्तपुर र ललितपुरको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ । साँझ आकाशबाट समेत पानी परेपछि आगो नियन्त्रणमा सहज भए पनि पूर्णरुपमा नियन्त्रणमा आएको छैन । आगलागीको कारण र क्षति विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिए ।
प्रकाशित समय २१:५३ बजे















