DG Creation

गृहपृष्ठ भदौ ३१ सम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द, विद्युतीय माध्यमबाट काम गर्न निर्देशन

भदौ ३१ सम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द, विद्युतीय माध्यमबाट काम गर्न निर्देशन

Yubaraj-khatiwada-candles khabar sf7df8f}F, !% kmfu'g M ;~rf/ tyf ;"rgfk|ljlw dGqfnodf cfof]lht lgoldt kqsf/ e]6df dlGqkl/ifbsf] lg0f{o hfgsf/L u/fpg'x'Fb} dGqL 8f o'j/fh vltj8f . t:jL/ M k|lbk/fh jGt, /f;;

सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले यसअघि साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन रोकेकोमा सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न थालेपछि भदौ ३१ गतेसम्मका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

“विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्र राष्ट्रलगायत अन्य मित्र राष्ट्रले चालेका प्रयास र अनुभव समेतलाई ध्यानमा राखी सङ्क्रमणबाट सुरक्षित राख्न नेपालको अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाका जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन गत साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई भदौ ३१ गते बुधबार मध्यरातसम्मका लागि नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिएका छौँ”, उनले पत्रकार सम्मेलनमा भने ।

मन्त्रिपरिषद्को गत जेठ १२ गतेको निर्णयबमोजिम जारी भएको ‘कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७’ बमोजिम स्थलमार्गबाट नेपाल प्रवेश गर्न तोकिएका प्रवेश बिन्दुबाट नेपाल प्रवेश गर्न दिने व्यवस्था र मालसामानको ढुवानी व्यवस्थालाई भने यथावत कायम राख्ने निर्णय गरेको मन्त्री डा खतिवडाले बताए ।

सरकारले उक्त आदेशको पालना नगरी सीमानाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानूनबमोजिम कारवाही गर्ने भएको छ । बैठकले सरकारले विश्वव्यापी महामारीको रूमलिएको कोभिड–१९ को सङ्क्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारले सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि भएकाले हालसम्म उक्त आदेशको पालना गरी गरेकोमा धन्यवादसमेत दिएको छ ।

सङ्क्रमक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको आदेश र नेपालका अन्तर्राष्ट्रिय सिमानाकामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने कार्यको पूर्णपालना गरी गराई सहयोग पु¥याउनु हुन सरकारले सबैसँग आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को गत साउन ५ गतेको निर्णयानुसार जारी भएको आदेशमा हेरफेर तथा थपघट गर्ने गरी राजपत्रका प्रकाशन गर्नेसमेत निर्णय गरेको छ । गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात, हवाई सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेबाट मात्र सञ्चालन गर्ने निर्णय गरेको सरकार प्रवक्ता डा खतिवडाले जानकारी दिए। मन्त्रिपरिषद्को निर्णयानुसार अब होटल तथा रेष्टुराँबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा मात्र पाउने भएका छन् ।

विद्युतीय माध्यमबाट काम गर्न निर्देशन

बैठकले कोभिड–१९ सङ्क्रमणका सक्रिय सङ्क्रमित २०० बढी भएका जिल्ला र काठमाडौँ उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एव वित्तीय सङ्घ–संस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं सङ्घ–संस्थाले विद्युतीय माध्यमबाट समेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने निर्णय गरेको उनले बताए ।

ती निकायको कार्यसम्पादन एवं सेवा प्रवाहका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीलाई सुरक्षितरूपमा घरबाटै सम्पादन गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने निर्णय गरिएको छ । अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्का निर्णय नभएसम्मका लागि स्थगित गर्ने, सेवा प्रवाह र जनशक्ति व्यवस्थापनको जिम्मेवारी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सम्बन्धित कार्यालय प्रमुखको हुने निर्णय गरेको मन्त्री डा खतिवडाले जानकारी दिए ।

प्रकाशित समय २२:०० बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation