DG Creation

गृहपृष्ठ मुख्यमन्त्री भट्टद्वारा गौरा पर्वको शुभकामना

मुख्यमन्त्री भट्टद्वारा गौरा पर्वको शुभकामना

trilochan-bhatta-candles khabar

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले प्रदेशमा मौलिक पर्वका रुपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नु भएको हो ।

उनले सन्देशमा भनेका छन्, “अहिले कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न जटिल परिस्थितिमा स्वास्थ्यसम्बन्धी सजगता अपनाउँदै आपसी समझदारी र बन्धुत्वको भावना जगाई गौरा पर्वलाई खुसीयालीका साथ मनाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।” साथै, उनले परापूर्व कालदेखि मनाइँदै आएको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको गौरा पर्वले प्रदेशवासीबीच धार्मिक सहिष्णुता, सद्भाव र एकता कायम रहोस् भन्ने शुभेच्छाको कामना गरेका भएको छ ।

प्रकाशित समय १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation