गृहपृष्ठ फेक एकाउन्टबाट भ्रामक हल्ला मच्चाउनेलाई कुलमानले दिए दनक, गरे यस्तो तर्क
फेक एकाउन्टबाट भ्रामक हल्ला मच्चाउनेलाई कुलमानले दिए दनक, गरे यस्तो तर्क
मंगलबार सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्ती गरेको समचार सामाजिक सञ्जालमा आगो झैं फैलियो।
तर, विद्युत प्राधिकरणको कार्यकारी निर्देशन नियुक्तीका लागि उर्जा मन्त्रालयले क्याविनेटमा कुनै प्रस्ताव नै लगेको थिएन। तर, कुलमानकै नामको ट्वीटर ह्यान्डलबाट आफुलाई नियुक्ती गरिएको हौवा फिजाइयो।
कुलमानको नियुक्तीको समचार आगो झैं फैलिएपछि उनले सामाजिक सञ्जालमा आफ्नो नाममा फेक अकाउन्ट खोलेर आफ्नाबारे गलत हल्ला फैलाइएको बताएका छन्।
बुधबार बिहान आफ्नो फेसबुक अकाउन्टमार्फत उनले आफ्नाबारे गलत सूचना प्रवाह गरिएको भन्दै यसबाहेक आफ्नो अर्को आधिकारिक अकाउन्ट नभएको जानकारी दिएका हुन्।
मंगलबार साँझ घिसिङका नाममा खोलिएका फेक ट्विटर अकाउन्टबाट उनको पुनर्नियुक्तिबारे समाचार भाइरल बनेका थिए।यसैलाई आधार बनाएर कतिपय मूलधारका सञ्चारमाध्यमले समेत समाचार बनाएका थिए।

प्रकाशित समय १३:५० बजे










