DG Creation

गृहपृष्ठ पुजारीको हत्याले खुल्यो ओलीको रहस्य, कांग्रेस नेताले गरे खुलासा

पुजारीको हत्याले खुल्यो ओलीको रहस्य, कांग्रेस नेताले गरे खुलासा

Kp oli-candles khabar

सुखी नेपाल समृद्ध नेपालको नारा बोकेका प्रधानमन्त्री केपीशर्मा ओली अर्थात कम्युनिस्ट नेता पछिल्लोसमय अध्यात्मवादतिर केन्द्रि हुँदै गएका छन् । यद्यपी अध्यात्मवादभित्र पनि सकारात्मक कुराको गफदिएर नकारात्मक कुरालाई अन्देखो गर्ने काम भने छोडेका छैनन् ।

केहि दिअघि हनुमान मन्दिरका पुजारीको निर्मम हत्या भएको थियो । चितवनको वाल्मीकिमा राम मन्दिर बनाउन निर्देशन दिँलै अध्यात्मवादको संकेत गरेका ओलीले हनुमान मन्दिरमा पुजारीको हत्या हुँदै भने केहि बोलेका छैनन् ।

गत बुधबार राति ९ः३० बजेतिर रौतहट माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको गोली हानी हत्या भएको थियो ।

एक साता बितिसक्दा पनि हत्यारा पत्ता लगाउनुत टाढाको कुरो उल्टै हत्यारालाई कारबाही गर्न भन्दै शान्त आवाज उठाइरहेकाहरुलाई मुख नखोल्न गृहमन्त्रालयले ताकेता गरेको छ ।

गृह मन्त्रालयले बुधबार एक आदेश जारी गरी पुजारीको हत्यामा सलग्नहरुलाई खोजेर कारबाही गर्न आदेश दिनुको साटो पुजारी हत्याको विरोध गर्नेहरुलाई नियन्त्रण गर्न प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिएको हो।

यही विषयलाई लिएर नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘राम मन्दिर बनाउन निर्देशन दिने तर हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्यारा पत्ता लगाउन नसक्ने सरकारले पुजारी साहको हत्यारा पत्ता लगाई कारबाही गर्न माग राखेर हुन थालेको बिरोध प्रदर्शन रोक्न उर्दी जारी गरेछ। सरकारको पक्षमा प्रदर्शन गरेको भए यस्तो उर्दी जारी हुन्थ्यो होला ।’

कम्युनिस्ट सरकारका यी यावत हर्कतहरुले देशलाई कम्युनिस्टले कुन दिशामा लैजाँदै छ भन्ने कुराहरुको प्रमाण छोडि रहेका छन् ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation