DG Creation

गृहपृष्ठ विहीबार कोरोनाबाट मर्नेको संख्या ८ पुग्यो

विहीबार कोरोनाबाट मर्नेको संख्या ८ पुग्यो

corona-death-candles khabar

विहीबार कोरोनाबाट मर्नेको संख्या ८ पुग्यो । यो संगै १८३ जनाको मृत्यु भएको छ।

देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ४ सय ८८ जना रहेका छन् ।

 

प्रकाशित समय १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation