DG Creation

गृहपृष्ठ ओली र प्रचण्ड निकट मिडियाले खेदेपछि बोले माधव नेपाल, दिए यस्तो चेतावनी

ओली र प्रचण्ड निकट मिडियाले खेदेपछि बोले माधव नेपाल, दिए यस्तो चेतावनी

kp-madhab-and-prachanda-ck
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षबाट आफ्नो खेदो खनिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
उनले आफ्नै पार्टीका जिम्मेवार नेताहरुले आफूलाई बदनाम गर्न खोजेको भन्दै आरोपसमेत लगाएका छन् । पार्टीको विवाद समाधान गर्न गठिन कार्यदलले शनिबार सार्वजनिक गरेको प्रतिवेदनका विषयमा आफूलाई बदनाम गराउन खोजिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
पार्टीकै जिम्मेवार नेताहरु ९ओली–प्रचण्ड० आफैले चलाएको मिडियाबाट आफ्नो सम्मानमाथि आँच आउने समाचार प्रकाशन गरेको भन्दै नेता नेपालले गम्भीर आपत्ति व्यक्त गरेका छन् ।
माधव नेपाल र झलनाथ खनालसँग कुनै सल्लाह नै नगरी ओली र प्रचण्ड मिलेर विवाद समाधान गर्न भन्दै कार्यदल गठन गरिएको थियो । कार्यदलको प्रतिवेदनबारे मुख नखोलेका नेता नेपालले नियोजित रुपमा आफूलाई बदनाम गर्ने प्रयास भएपछि मौन व्रत तोडेका छन् ।
नेता नेपालले अब प्रतिवेदनमाथि के गर्ने हो रु त्यो सचिवालय बैठकमै गरिनेछ भन्दै कडा जवाफ दिएका छन् । नेता नेपालले आफूलाई बदनाम गर्न ओली र प्रचण्ड निकट सञ्चारमाध्यम उपयोग भएको आरोप लगाएका छन् ।
नेता नेपालको सचिवालयले यस्तो अफवाह नफैलाउन चेतावनीसमेत दिएको छ । ओली र प्रचण्डबीच भएको सहमतिप्रति नेपाल अहिलेसम्म मौन छन् ।
उनले आफू निकट नेताहरूलाई महाधिवेशनमा उचित जवाफ दिने बताएका छन् । कतै नबोल्दा पनि ओली र प्रचण्ड निकट मिडियाबाट प्रहार भएपछि नेपालले मुख खोलेका हुन् ।

प्रकाशित समय १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation