गृहपृष्ठ चित्लाङ–थानकोट सडक खुला
चित्लाङ–थानकोट सडक खुला
अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध चित्लाङ–थानकोट सडक खुलेको छ । गत बुधबारदेखि अवरुद्ध सडकका ठाउँठाउँमा थुप्रिएको पहिरो पन्छाउने कार्य आज सकिएपछि सडक पुनः सञ्चालनमा आएको हो ।
मकवानपुरको थाहानगरदेखि काठमाडौँको थानकोट जोड्ने गणेशमान मार्गअन्तर्गत चित्लाङ–थानकोट खण्डमा गत हप्ताको भारी वर्षाले ठाउँठाउँमा पहिरो गएको थियो । अहिले सडक चलेपछि उक्त सडकबाट सवारी साधन चल्न थालेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि थाहानगरवासीलाई सबैभन्दा छोटो मार्ग भएर काठमाडौँ जान समस्या भएको थियो । समस्या सुल्झाउने क्रममा काठमाडौँका प्रदेशसभा सदस्य रमा आले मगर, मकवानपुरका तत्कालीन संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी, थाहा होटल एशोसिएशनका उपाध्यक्ष रामशरण नेपाललगायत पहिरोस्थलमा पुगेका थिए ।
प्रकाशित समय २२:३० बजे















