DG Creation

गृहपृष्ठ आज सोमवार, आश्विन १२ गतेको तपाईंको राशिफल

आज सोमवार, आश्विन १२ गतेको तपाईंको राशिफल

Rashifal -Candles Khabar

मेष राशिः पराक्रम बढ्नेछ । मित्र लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । प्रेम जीवन पनि आज रमणीय रहनेछ ।

वृष राशिः द्रव्य लाभ हुनछे । व्यवसायमा वृद्धि हुनुकासाथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ ।

मिथुन राशिः शत्रुपक्ष सबल रहनेछन् । चन्द्रमाको प्रतिकूलताले गर्दा कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा पनि सजग रहनु नै उचित हुनेछ ।

कर्कट राशिः वित्तीय लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै अध्ययनमा विशेष रुचि रहनेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

सिंह राशिः आर्थिक उन्नति हुनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै प्रेममा पारख बढ्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

कन्या राशिः गृह सुख मिल्नेछ । कार्य क्षेत्रमा उन्नतिका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । मित्र सहयोग मिल्ने देखिन्छ ।

तुला राशि : शत्रुपक्ष सबल रहनेछन् । कार्य व्यवसायमा संघर्षका साथै खर्चवृद्धिको पनि सामना गर्नुपर्ने देखिन्छ ।

वृश्चिक राशिः गृहसुख मिल्नेछ । कान्ति वृद्धिका साथै सौन्दर्य प्रसाधनमा विशेष लगाव रहनेछ । आयमा पनि वृद्धि हुने भएकाले दिन सुखमय व्यतित हुने देखिन्छ ।

धनु राशिः वित्तीय लाभ हुनेछ । आमदानीका स्रोत बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । अन्य क्षेत्र मध्यम फलदायी रहनेछन् ।

मकर राशिः प्रिय लाभ हुनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ । कला मनोरञ्जनमा अधिक समय व्यतित हुनसक्ने देखिन्छ ।

कुम्भ राशिः बोलीको प्रभावकारितामा कमी आउनेछ । खर्च वृद्धिका साथै प्रतिकूल स्वास्थ्यको पनि सामना गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम रहनेछ ।

मीन राशिः भौतिक वसतुबाट लाभ हुनेछ । आर्थिक उन्नतिका साथै कार्य व्यवसायमा पनि उन्नति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

प्रकाशित समय ०५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation