गृहपृष्ठ पृथ्वीलाई जोगाउन सबैले बिरुवा रोपौँः प्रदेश प्रमुख खापुङ
पृथ्वीलाई जोगाउन सबैले बिरुवा रोपौँः प्रदेश प्रमुख खापुङ
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पृथ्वी जोगाउन सबैले बिरुवा रोपेर वातावरण स्वच्छ राख्नु आवश्यक भएको बताउनुभएको छ ।
विश्व वातावरण दिवसको उपलक्ष्यमा विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित वृक्षरोपण कार्यक्रममा उहाँले प्रत्येक नागरिकले घरमा एक÷एक रुख रोपेर वातावरण संरक्षणमा योगदान गर्न आग्रह गर्नुभयो ।
प्रदेश प्रमुख खापुङले प्लाष्टिकजन्य पदार्थलाई बहिष्कार, वृक्षरोपण तथा वनजङ्गल संरक्षण गरे वातावरण प्रदूषण न्यूनीकरण र बाढिपहिरो रोकथाममा योदान पुग्ने भन्दै सबैको ध्यानाकर्षण गराउनुभयो ।
त्यसअवसरमा प्रदेश प्रमुख कार्यालयका सचिव छविन्द्र पराजुली, कर्मचारी एवं सञ्चारकर्मीले विभिन्न जातका बिरुवा रोपेका थिए ।
—
प्रकाशित समय १९:०४ बजे















