गृहपृष्ठ अन्तत: अर्थमन्त्री खतिवडाले दिने भए राजीनामा
अन्तत: अर्थमन्त्री खतिवडाले दिने भए राजीनामा
अर्थमन्त्री डा. युवराज खतिवडाले आज शुक्रबार साँझसम्म आफूले मन्त्री पदबाट राजीनामा दिने जानकारी गराएका छन्।
बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले साँझसम्ममा आफूले राजीनामा दिने तयारी गरेको जानकारी गराएका थिए।
उनको थपिएको ६ महिने कार्यकाल पनि शनिबार पुरा हुँदैछ। सांसद नरहेका खतिवडालाई राष्ट्रिय सभामा नियुक्त नगरिने भएपछि मन्त्रिपरिषद्मा उनको निरन्तरता नहुने भएको हो।
प्रकाशित समय १५:२१ बजे














