गृहपृष्ठ पूर्वराष्ट्रपति भण्डारी निवास किन पुगे नवनियुक्त प्रधानमन्त्री ओली ?
पूर्वराष्ट्रपति भण्डारी निवास किन पुगे नवनियुक्त प्रधानमन्त्री ओली ?
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट्न उनको निजी निवास चपली पुगेका छन्। ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै भण्डारीलाई भेट्न पुगेका हुन्।
ओलीको निजी सचिवालयका अनुसार ओलीसहित एमालेका केही नेताहरू पनि पूर्व राष्ट्रपति भण्डारीको निवास पुगेका हुन्। भेटमा भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएकी थिइन्।
ओलीले पूर्व निर्धारित कार्यक्रम अनुसार नै भण्डारीलाई भेटेको बताइएको छ। आइतबार मात्र प्रधानमन्त्रीमा नियुक्त भका ओलीले सोमबार पद तथा गोपनीयताको शपथ खाने कार्यक्रम छ।
प्रकाशित समय ०८:२१ बजे















