गृहपृष्ठ आज शुक्रवार, हेर्नुहोस् आजको दिन २०७७ आषाढ २६ गते
आज शुक्रवार, हेर्नुहोस् आजको दिन २०७७ आषाढ २६ गते
श्रीगणेशायनमः ।।
सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको पञ्चमी तिथि दिवा ११।२१ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाभाद्रपदा नक्षत्र अहोरात्र रहेनछन् । यसैगरी सौभाग्य योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।१७ मा छ भने सूर्यास्त बेलुका ७।०१ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा छन् ।
आज शुक्रवार पञ्चमी तिथि परेको छ । तिथिका हिसाबले आज नागदेको उपासना लाभदायी रहने गर्दछ । यसैगरी वारका दृष्टिले आज कला मनोरञ्जनका कार्य पनि फलदायी रहनेछन् ।
मेष राशिः बौद्धिक कार्यमा मन जानेछ । आर्थिक पक्ष सबल रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । पारिवारिक सुख मिल्नेछ ।
वृष राशिः पराक्रम बढ्नेछ । कार्य व्यवसायमा वृद्धि हुनुका साथै आकस्मिक लाभका योग देखिन्छन् । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् ।
मिथुन राशिः यात्राका योग देखिन्छन् । व्यवसायमा सफलता मिल्नुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । कर्मक्षेत्र सबल रहनेछ ।
कर्कट राशिः शत्रु पक्ष सबल रहनेछन् । आर्थिक अस्थिरताका साथै कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छन् । विद्याको क्षेत्र मध्यम रहने देखिन्छ ।
सिंह राशिः व्यवसायिक सफलता मिल्नेछ, आय आर्जमा वृद्धि हुनुका साथै कार्य लाभका योग देखिन्छन् । सवास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ ।
कन्या राशिः पारिवारिक सुख मिल्नेछ । जलीय पदार्थ लाभदायी रहनुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ ।
तुला राशिः प्राज्ञिक कार्यमा संलग्नता रहनेछ । धार्मिक क्षेत्रमा रुचि जाग्नुकासाथै सुखद् यात्राका योग पनि देखिन्छन् । भौतक वस्तु लाभदायी रहनेछ ।
वृश्चिक राशिः कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा प्रतिकूलताका साथै खर्चवृद्धिको सामना गर्नुपर्ने आजको राशिफल रहेको छ ।
धनु राशिः सांगीतिक क्षेत्रमा रुचि रहनेछ । आय आर्जनमा वृद्धि हुनुका साथै व्यवसाय पनि सफलता रहने देखिन्छ ।
मकर राशिः कार्यमा वृद्धि हुनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै राजनीतिक क्षेत्र पनि सफल रहनेछ । प्रेम जीवन पनि सुखद् रहने आजको राशिफल रहेको छ ।
कुम्भ राशिः भौतिक वस्तु लाभदायी रहनेछन् । आय आर्जनमा उन्नतिका साथै व्यवसायमा सफलता मिल्नेछ । पारिवारिक सुख प्राप्तिका योग पनि देखिन्छन् ।
मीन राशिः शारीरिक आलश्यता रहनेछ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्च बढाउनुका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ ।
प्रकाशित समय ०५:०५ बजे












