गृहपृष्ठ आज २०७७ श्रावण ७ गते, बुधवारको राशिफल
आज २०७७ श्रावण ७ गते, बुधवारको राशिफल
मेष राशिः शत्रु पक्ष सबल रहनेछन् । कार्यक्षेत्रमा संघर्षका साथै बोलीको प्रभावमा पनि कमी आउनेछ । स्वास्थ्यमा सजग रहनु नै लाभप्रद रहनेछ ।
वृष राशिः मित्र सुख रहनेछ, कार्य क्षेत्रमा उन्नतिका साथै सुखद् यात्रका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहने राशिफल रहेको छ ।
मिथुन राशिः आर्थिक पक्ष सबल रहनेछ । बौद्धिक कार्यमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । व्यवसायिक सफलताले दिन सुखमय व्यति हुने देखिन्छ ।
कर्कट राशिः प्रेममा पारख बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै आय आर्जनमा पनि वृद्धि हुनेछ । व्यवसायकि क्षेत्र उन्नतिदायी रहने आजको राशिफल रहेको छ ।
सिंह राशिः दिन कार्यदायी रहनेछ । व्यवसायमा अपेक्षित सफलता मिल्नुका साथै शारीरिक आलश्यताले सताउन सक्नेछ ।
कन्या राशिः वित्तीय लाभका योग देखिन्छन् । कार्य गर्ने अवसर प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । मनोरञ्जनमा अधिक समय व्यतित हुनसक्ने देखिन्छ ।
तुला राशिः पराक्रम बढ्नेछ, आर्थिक उन्नतिका साथै जलीय वस्तु विशेष लाभदायी रहनेछन् । प्रेमममा पारख बढ्ने आजको राशिफल रहेको छ ।
वृश्चिक राशिः दिन सुखद् रहनेछ । धनको क्षेत्र सबल रहनुका साथै व्यवसायमा पनि सफलता मिल्नेछ । प्रेम जीवन सुखमय व्यतित हुने देखिन्छ ।
धनु राशिः चन्द्रमा आज प्रतिकूल रहनेछन् । वित्तीय क्षेत्रमा सुधार हुनुका साथै नयाँ कार्य अवसर पनि प्राप्त हुनेछन् । स्वास्थ्यमा भने सजग रहनु नै उचित हुनेछ ।
मकर राशिः मनमा प्रसन्नता रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै धार्मिक कार्यमा लगाव रहने देखिन्छ । प्रेम जीवन पनि सुखद् रहने आजको राशिफल रहेको छ ।
कुम्भ राशिः सामाजिक कार्यमा रुचि जाग्न्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ । मित्र पक्षको साथ सहयोगले दिन सफल रहनेछ ।
मीन राशिः भौतिक वस्तु लाभदायी रहनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै कार्य क्षेत्र पनि सबल रहनेछ । कलात्कम पक्षको उजागर हुने आजको राशिफल रहेको छ ।
प्रकाशित समय ०५:०५ बजे












