DG Creation

गृहपृष्ठ आज २०७७ श्रावण १५ गते, बिहीवारको राशिफल

आज २०७७ श्रावण १५ गते, बिहीवारको राशिफल

rashifal-Candles Khabar

मेष राशिः कार्यमा अस्थिरता रहनेछ । खर्च वृद्धिका साथै कार्य व्यवधानको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै लाभप्रद रहनेछ ।

वृष राशिः प्रिय लाभ हुनेछ । आय बढ्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । विद्याको क्षेत्र सबल रहनेछ ।

मिथुन राशिः पारिवारिक सुख मिल्नेछ । आयमा वृद्धि हुनुका साथै प्रेम जीवन सुखद् रहने देखिन्छ । जलीय वस्तु आज लभदायी रहनेछन् ।

कर्कट राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । पराक्रम बढ्नुका साथै अध्ययन अध्यापनमा सफलता मिलने देखिन्छ । विद्याको षेत्र सफल नै रहनेछ ।

सिंह राशिः चन्द्रमा प्रतिकूल रहेका छन् । जसले खर्च बढ्नुका साथै शत्रु पक्षको सामना गर्नुपर्ने देखिन्छ । व्यवसाय मध्यमफलदायी रहनेछ आजको राशिफल रहेको छ ।

कन्या राशिः द्रव्य लाभ हुनेछ । आर्थिक उन्नतिका साथै यात्राका योग देखिन्छन् । मित्र जनको साथ सहयोगले दिन सुखद् रहने देखिन्छ ।

तुला राशि : कला साहित्यका क्षेत्रमा अभिरुचि रहनेछ । व्यवसायमा वृद्धिका साथै आर्थिक पक्ष सबल रहने देखिन्छ । मन नयाँ कार्यमा प्रवृत्त हुने आजको राशिफल रहेको छ ।

वृश्चिक राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ । वित्तीय क्षेत्र उन्नत नै रहनेछ ।

धनु राशिः धातुजन्य वस्तु लाभदायी रहनेछन् । कार्य क्षेत्रमा उन्नतिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । सामाजिक कार्यमा मन प्रवृत्त हुने आजको राशिफल रहेको छ ।

मकर राशिः खर्चमा वृद्धि हुनसक्नेछ । कार्य क्षेत्रमा संघर्षका साथै आर्थिक अस्थिरताको सामना गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम रहनेछ ।

कुम्भ राशिः पराक्रम बढ्नेछ । गृह सुख मिल्नुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष सबल नै रहने आजको राशिफल रहेको छ ।

मीन राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । मित्र सुखका साथै लगानीको नयाँ अवसर प्राप्त हुनेछन् । अन्य क्षेत्र सबल नै रहने देखिन्छ ।

प्रकाशित समय ०५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation