DG Creation

गृहपृष्ठ आज २०७७ श्रावण २२ गते, बिहीवारको राशिफल

आज २०७७ श्रावण २२ गते, बिहीवारको राशिफल

rashifal-Candles Khabar

मेष राशिः मनोरञ्जनमाचाख रहनेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै आर्थिक उन्नतिका योग देखिन्छन् । विद्याको क्षेत्र आज सबल रहनेछ ।

वृष राशिः पारिवारिक सुख मिल्नेछ । शत्रु पराजित हुनुका साथै जलीय वस्तु लाभदायी रहनेछन् । प्रेम जीवन आज सुखद् व्यतित हुने देखिन्छ ।

मिथुन राशिः आज चन्द्रबल कमजोर देखिन्छ । आर्थिक अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ । बुद्धिपक्षको प्रयोग आज लाभदायी रहनेछ ।

कर्कट राशिः आर्थिक लाभ हुनेछ । मित्र सुख मिल्नुका साथै कार्य व्यवसायमा पनि उन्नति हुने देखिन्छ । विद्याको क्षेत्र फलदायी रहनेछ ।

सिंह राशिः वित्तीय क्षेत्र लाभदायी रहनेछ । बौद्धिक कार्यमा मन जानुका साथै खेल क्षेत्र पनि आज सबल रहने देखिन्छ । मित्रमिलनका योग पनि रहेकाछन् ।

कन्या राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । बोलीमा प्रभाव रहनुका साथै कार्यक्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

तुला राशिः कार्य प्राप्तिका योग देखिन्छन् । भौतिक वस्तु लाभदायी रहनुका साथै आर्थिक पक्ष पनि आज सबल रहने देखिन्छ । प्रेम जीवन पनि पारिखिलो रहनेछ ।

वृश्चिक राशिः कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । शत्रु भयका साथै अपव्ययका योग पनि देखिन्छन् । निर्णयप्रक्रियामा नहतारिनु नै उचित हुनेछ ।

धनु राशिः धार्मिक कार्यमा रुचि रहनेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राक योग पनि देखिन्छन् । व्यवसायमा वृद्धि हुनेछ आजको राशिफल रहेको छ ।

मकर राशिः द्रव्य लाभ हुनेछ । कान्ति वृद्धिका साथै सौन्दर्य प्रसाधनमा मन अभिप्रेरित रहनेछ । पारिवारिक सुख मिल्नेछ देखिन्छ ।

कुम्भ राशिः बौद्धिक कार्यमा रुचि रहनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै आमदानीका स्रोत पनि बढ्ने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

मीन राशिः ग्हबल आज कमजोर देखिन्छ । स्वास्थ्यमा प्रतिकूलताका साथै विद्याको क्षेत्र पनि संघर्षदायी रहनेछ । व्यापार व्यवसाय मध्यम फलदायी रहनेछ ।

प्रकाशित समय ०५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation