DG Creation

गृहपृष्ठ आज २०७७ श्रावण २४ गते, शनिवारको राशिफल

आज २०७७ श्रावण २४ गते, शनिवारको राशिफल

Rashifal -Candles Khabar

मेष राशिः वित्तीय अस्थिरता रहनेछ । कार्य व्यवसामा अवरोधका साथै प्रतिकूल स्वास्थ्यको पनि सामना गर्नुपर्ने देखिन्छ । शत्रुपक्षबाट सजग रहनु उचित हुनेछ ।

वृष राशिः अध्ययनमा रुचि जाग्नेछ । कार्य लाभका साथै आर्थिक उन्नतिका योग पनि देखन्छिन् । मित्र सुख मिल्नेछ ।

मिथुन राशिः प्रिय लाभ हुनेछ । कान्ति वृद्धिका साथै सौन्दर्य प्रसाधनमा अभिरुचि रहनेछ । जलीय वस्तु लाभदायी हरनेछन् ।

कर्कट राशिः आर्थिक उन्नति हुनेछ । मित्र सुख मिल्नुका साथै सृजनात्मक कार्यमा मन अभिप्रेरित रहने देखिन्छ । पारिवारिक सुख मिल्ने आजको राशिफल रहेको छ ।

सिंह राशिः दिन संघर्षदायी रहनसक्नेछ । चन्द्रमाको प्रतिकूलताले कार्य व्यवधानका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । व्यक्तिसम्पर्कबाट सजग रहनु नै लाभदायी रहनेछ ।

कन्या राशिः बौद्धिक कार्यम मन अभिप्रेरित रहनेछ । आर्थिक उन्नतिका साथै लेखन कलामा विशेष जागृति रहनेछ । वित्तीय क्षेत्र मध्यम फलदायी रहनेछ ।

तुला राशिः आयमा वृद्धि हुनेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै अध्ययनमा विशेष रुचि रहनेछ । मनोरञ्जनमा चाख रहने आजको राशिफल रहेको छ ।

वृश्चिक राशिः अध्ययनमा रुचि जाग्नेछ । आय बढ्नुका साथै जलीय वस्तु लाभदायी रहनेछन् । मन नयाँ कार्यमा अग्रसर रहनेछ ।

धनु राशिः कार्यक्षेत्रमा अस्थिरता रहनसक्नेछ । ग्रहबल कमजोर रहने भएकाले खर्चमा वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।

मकर राशिः आयमा वृद्धि हुनेछ । मित्र सुख मिल्नुका साथै नयाँ कार्यमा मन अभिप्रेरित रहनेछ । आर्थिक क्षेत्र फलदायी नै रहनेछ ।

कुम्भ राशिः पारिवारक सुख मिल्नेछ । कार्य लाभका साथै मनोरञ्जनमा विशेष रुचि रहनेछ । भौतिक वस्तुबाट लाभ नै रहनेछ ।

मीन राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुनेदखिन्छ । पारिवारिक सुख मिल्ने आजको राशिफल रहेको छ ।

प्रकाशित समय ०५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation