गृहपृष्ठ आज २०७७ भाद्र ८ गते, सोमवार को राशिफल
आज २०७७ भाद्र ८ गते, सोमवार को राशिफल
मेष राशिः आर्थिक लाभ हुनेछ । गृह सुख मिल्नुका साथै कला मनोरञ्जनमा विशेष चाख रहने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् ।
वृष राशिः मित्र सुख मिल्नेछ । कान्ति वृद्धिका साथै वाणिज्यको क्षेत्र सबल रहनेछ । प्रेम जीवन पनि पारखिलो रहनेछ ।
मिथुन राशिः बौद्धिक कार्यमा रुचि रहनेछ । आयमा वृद्धिका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त रहनेछ । जलीय वस्तुबाट लाभ रहने देखिन्छ ।
कर्कट राशिः दिन कार्यदायी रहनसक्नेछ । आर्थिक अस्थिरताका साथै शत्रुपक्षबाट पनि भय रहनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै लाभप्रद हुनेछ ।
सिंह राशिः धार्मिक कार्यमा रुचि जाग्नेछ । पारिवारिक सुख मिल्नुका साथै कार्यक्षेत्र पनि उन्नत रहने देखिन्छ । व्यवसायको क्षेत्र मध्यम फलदायी रहनेछ ।
कन्या राशिः प्रिय सुख मिल्नेछ । अर्थ लाभका साथै कला मनोरञ्जनमा विशेष चाख रहनेछ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।
तुला राशिः मिष्ठान्न लाभ हुनेछ । कार्य क्षेत्रमा उन्नतिका साथै जलीय वस्तु फलदायी रहनेछन् । मित्र पक्षको साथ सहयोग मिल्ने देखिन्छ ।
वृश्चिक राशिः ग्रहबल कमजोर रहनेछन् । आर्थिक अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । बुद्धिपक्षको प्रयोग आज लाभप्रद रहनेछ ।
धनु राशिः मित्र लाभ हुनेछ । कान्ति वृद्धिका साथै अध्ययन अध्यापनमा सफलता मिल्नेछ । भौतिक वस्तु आज लाभदायी रहनेछन् ।
मकर राशिः पारिवारिक सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै लगानीका नयाँ मार्ग प्राप्त हुनेछन् । वित्तीय क्षेत्र सबल नै रहनेछ ।
कुम्भ राशिः पराक्रम बढ्नेछ । आर्थिक लाभका साथै अध्यात्म चिन्तमा मन प्रवृत्त रहनेछ । जलीय वस्तु आज लाभप्रद रहनेछन् ।
मीन राशिः ग्रहजन्य बल कमजोर रहनेछ । जसले खर्च वृद्धिका साथै कार्यक्षेत्रमा पनि संघर्ष दिलाउन सक्नेछ । स्वास्थ्यमा सजग रहनु नै लाभप्रद रहने देखिन्छ ।
प्रकाशित समय ०५:०० बजे











