DG Creation

गृहपृष्ठ यी राशिका लागि मंगलवार फलदायी

यी राशिका लागि मंगलवार फलदायी

rashifal-cadles khabar

मेष राशिः दिन कार्यदायी रहनेछ । आर्थिक अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै लाभप्रद रहनेछ ।

वृष राशिः प्रिय सुख हुनेछ । मित्र लाभका साथै अध्ययनमा रुचि जाग्नेछ । प्राविधिक कार्यमा अभिरुचि रहने देखिन्छ ।

मिथुन राशिः प्रिय लाभ हुनेछ । गृह सुख मिल्नुका साथै सुजनात्मक कार्यमा रुचि बढ्नेछ । मनमा परोपकारी भावना छाउने देखिन्छ ।

कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ । कान्ति वृद्धिका साथै नयाँ कार्यमा मन अभिप्रेरित रहनेछ । मिष्ठान्न प्राप्तिका योग पनि देखिन्छन् ।

सिंह राशिः चन्द्र बल कमजोर रहनेछ । जसले कार्य अवरोधका साथै शारीरिक आलश्यता रहनसक्नेछ । लेनदेनमा सजग रहनु नै उचित हुनेछ ।

कन्या राशिः आर्थिक उन्नति हुनेछ । कार्य लाभका साथै पारिवारिक सुखका योग देखिन्छन् । भौतिक वस्तु लाभदायी रहनेछन् ।

तुला राशिः व्यवसायमा वृद्धि हुनेछ । मित्र सुखका साथै जलीय वस्तुबाट लाभ रहनेछ । मनमा परोपकारी भावको अभिवृद्धि हुने आजको राशिफल रहेको छ ।

वृश्चिक राशिः आय बढ्नेछ । अध्ययनमा रुचिका साथै सृजनात्मक कार्यमा अग्रसरता रहनेछ । प्रिय सुखका योग देखिन्छन् ।

धनु राशिः कार्यमा अवरोध रहनसक्नेछ । खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ । निर्णय प्रक्रियामा नहतारिनु नै लाभप्रद हुनेछ ।

मकर राशिः प्रिय सुख मिल्नेछ । कान्ति वृद्धिका साथै भौतिक वस्तुबाट लाभ हुने देखिन्छ । अध्ययन अध्यापनमा रुचि बढ्ने आजको राशिफल रहेको छ ।

कुम्भ राशिः बौद्धिक कार्यमा रुचि रहनेछ । मित्र सुखका साथै रचनात्मक कार्यमा मन अभिप्रेरित रहनेछ । जलीय वस्तु लाभदायी रहनेछन् ।

मीन राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै मनोरञ्जनमा अधिक समय व्यतीत हुने देखिन्छ । पारिवारिक सुखका योग पनि देखिन्छन् ।

प्रकाशित समय ०५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation