गृहपृष्ठ सोमवार कुन राशिका लागि कति शुभ ?
सोमवार कुन राशिका लागि कति शुभ ?
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको २६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको १२ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन कृष्णपक्षको दशमी तिथि दिवा ११:२२ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । अश्लेषा नक्षत्र राति ८:५१ बजेसम्म रहनेछन् । यसैगरी आज साध्य योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ६:०३ मा छ भने सूर्यास्त बेलुका ५:३६ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा रहेका छन् ।
आज सोमवार शिवजीको उपानाका साथै सेता वस्तुको प्रयोग रहनेछ । यसैगरी आज चन्द्रजन्य दोष निवारणका निम्त चन्द्रमाको मन्त्र जप एवं पाठ पनि शुभ फलदायी रहनेछ ।
आजको राशिफल २०७७ आश्विन २६ गते, सोमवार
मेष राशिः शत्रुपक्ष सबल रहनेछन् । सवास्थ्यमा प्रतिकूलताका साथै खर्चमा पनि वृद्धि हुन सक्ने देखिन्छ । अन्य क्षेत्र मध्यम रहनेछन् ।
वृष राशिः पारिवारिक सुख मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् ।
मिथुन राशिः व्यवसायमा वृद्धि हुनेछ । धार्मिक कार्यमा रुचि रहनुका साथै वित्तीय लाभका योग देखिन्छन् । प्रेम जीवन पनि पारखिलो रहने देखिन्छ ।
कर्कट राशिः आर्थिक लाभ हुनेछ । पारिवारिक सुख मिल्नुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।
सिंह राशिः ग्रहबल आज कमजोर देखिन्छ । जसले गर्दा खर्चमा वृद्धिका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।
कन्या राशिः द्रव्य लाभ हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । कृषि क्षेत्र पनि फलदायी रहन देखिन्छ ।
तुला राशिः व्यवसायमा वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै आर्थिक उन्नतिका योग देखिन्छन् । विद्याको क्षेत्र पनि सबल नै रहने आजको राशिफल रहेको छ ।
वृश्चिक राशिः पराक्रम बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् । अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ ।
धनु राशिः ग्रहबल आज कमजोर रहनेछ । जसले आजको दिनलाई अस्थिरताका साथै खर्चिलो पनि बनाउन सक्नेछ । स्वास्थ्यमा सजग रहनु नै उचित हुने देखिन्छ ।
मकर राशिः वाणिज्य क्षेत्र सबल रहनेछ । गृह सुख मिल्नुका साथै सांगीतिक क्षेत्रमा लगाव रहनेछ । समग्रमा आजको दिन सुखद् रहने देखिन्छ ।
कुम्भ राशिः आयमा वृद्धि हुनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै राजनीतिक क्षेत्र पनि सफल बन्ने देखिन्छ । प्रेम जीवन सुखद् व्यतित हुने आजको राशिफल रहेको छ ।
मीन राशिः सामाजिक कार्यमा मन प्रवृत्त हुनेछ । आयमा वृद्धि हुनुका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।
प्रकाशित समय ०५:११ बजे












