गृहपृष्ठ बुधवार तपाईंको दिन कस्तो होला ? यसो भन्छ राशिफल
बुधवार तपाईंको दिन कस्तो होला ? यसो भन्छ राशिफल
आज प्रदोषव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन २८ गते
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको २८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको १४ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन कृष्णपक्षको द्वादशी तिथि बिहान ८।२३ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । पूर्वाफाल्गुनी नक्षत्र बेलुका ६।५८ बजेसम्म रहनेछन् । यसैगरी आज शुक्ल योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ६।०४ मा छ भने सूर्यास्त बेलुका ५।३५४ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका छन् ।
आज प्रदोषव्रत परेको छ । प्रदोषमा केवल शिवजीको उपासना लाभप्रद रहनेछ । बुधवार परेको प्रदोषव्रत धारण गर्नाले ज्ञान एवं ऐश्वर्यमा वृद्धि हुने फल वर्णन पाइन्छ । त्रयोदशीको सन्ध्यायुक्तसमय विशेष दोषयुक्त रहन्छ । यसैले आजको सन्ध्याकालमा शिवजीको उपासना शुभफलदायी रहनेछ ।
आजको राशिफल २०७७ आश्विन २८ गते, बुधवार
मेष राशिः आर्थिक लाभका योग देखिन्छन् । मित्र सुखका साथै सुखद् यात्राका अबसर मिल्नेछन् । कला मनोरञ्नमा मन अभिप्रेरित रहनेछ ।
वृष राशिः कार्यमा अवरोध रहनेछ । ग्रहबल कमजोर रहने भएकाले स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग लाभप्रद रहनेछ ।
मिथुन राशिः वृत्ति लाभ हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै व्यवसायमा उन्नति हुनेछ । भौतिक वस्तुबाट विशेष लाभ रहने देखिन्छ ।
कर्कट राशिः कार्यक्षेत्रमा उन्नति हुनेछ । आयमा वृद्धिका साथै जलीय वस्तुबाट लाभ रहनेछ । सुखद् यात्राका योग देखिन्छन् ।
सिंह राशिः धनको क्षेत्र सबल रहनेछ । मित्रबाट उन्नति रहनुका साथै प्राज्ञिक क्षेत्रमा मन अभिप्रेरित रहने देखिन्छ । कार्यक्षेत्र सफल नै रहनेछ ।
कन्या राशिः दिन कार्यदायी रहनसक्नेछ । आर्थिक अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । विद्याको क्षेत्र सबल रहनेछ ।
तुला राशिः आर्थिक उन्नति हुनेछ । मित्र लाभका साथै सुखद् यात्राका योग देखिन्छन् । व्यवसायमा पनि वृद्धिका योग देखिन्छन् ।
वृश्चिक राशिः मनमा प्रसन्नता रहनेछ । आय बढ्नुका साथै कार्यमा पनि सफलता मिल्ने देखिन्छ । सुखद् यात्राका योग पनि देखिन्छन् ।
धनु राशिः आर्थिक लाभ हुनेछ । मित्र सुख मिल्नुका साथै धातुजन्य वस्ुतबाट लाभ रहनेछ । पारिवारिक सुखका योग देखिन्छ ।
मकर राशिः वाक्पक्ष कमजोर रहनेसक्नेछ । खर्चमा वृद्धि हुनुका साथै दिन शत्रुपक्षबाट भय रहनसक्नेछ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।
कुम्भ राशिः प्रिय सुख मिल्नेछ । श्रविृद्धिका सुखद् यात्राका योग देखिन्छन् । जलीय वस्तुबाट लाभ रहनेछ ।
मीन राशिः गृह सुख मिल्नेछ । धार्मिक कार्यमा रुचि रहनुका साथै आर्थिक पक्ष पनि सबल रहनेछ । प्रेम जीवन सुमधुर रहने देखिन्छ ।
प्रकाशित समय ०५:११ बजे












