DG Creation

गृहपृष्ठ आज औँसी तिथि, शुक्रवार तपाईंको राशिले के भन्छ ?

आज औँसी तिथि, शुक्रवार तपाईंको राशिले के भन्छ ?

rashifal-candles khabar

आज औँसी तिथि, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन ३० गते 

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको ३० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको १६ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन कृष्णपक्षको औँसी तिथि राति 1:५३ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । हस्ता नक्षत्र दिवा ४:३ बजेसम्म रहनेछन् । यसैगरी आज ऐेन्द्र योग र चतुष्पाद करण रहेका छन् । आज सूर्योदय बिहान ६।०५ मा छ भने सूर्यास्त बेलुका ५:३२ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा रहेका छन् ।

आज यो वर्षको अधिकमासको अन्तिम दिन हो । यसैले पुरुषेत्तम भगवान्को उपासना गरी मालपुवा दान आज उत्तम रहनेछ । यसैगरी आज औासी तिथि रहेकाले पितृका निम्त दान पुण्यका कर्मका साथै ब्राह्मण भोजन पनि पितृतृप्तिदायी रहने गर्दछ ।

आजको राशिफल २०७७ आश्विन ३० गते, शुक्रवार

मेष राशिः पारिवारिक सुख मिल्नेछ । प्रेम जीवन सुखद् रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ ।

वृष राशिः कला मनोरञ्जनमा आज विशेष अभिरुचि रहनेछ । भौतिक वसतुबाट लाभका साथै वाणिज्य क्षेत्र सफल रहने देखिन्छ । बोलीमा ओज रहनाले कार्यमा उन्नति हुने देखिन्छ ।

मिथुन राशिः कार्यमा व्यवधाको सामना गर्नुपर्ने छ । आर्थिक अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । व्यवसाय मध्यम फलदायी रहनेछ ।

कर्कट राशिः मित्रलाभ हुनेछ, व्यवसायमा सफलता मिल्नुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । पारिवारिक सुख प्राप्त हुने आजको राशिफल रहेको छ ।

सिंह राशिः व्यवसायिक उन्नति हुनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । पारिवारिक साथ सहयोगले दिन प्रेमिल बन्ने देखिन्छ ।

कन्या राशिः मिष्ठान्न लाभ हुनेछ । प्राविधकि कार्यमा अभिरुचि रहनुका साथै व्यवसाय पनि सफल रहने देखिन्छ । धार्मिक कार्यमा लगाव रहने आजको राशिफल रहेको छ ।

तुला राशिः शत्रु पक्ष सबल रहनेछन् । कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । आर्थिक क्षेत्र मध्यम फलदायी रहने आजको राशिफल रहेको छ ।

वृश्चिक राशिः मित्र प्राप्तिका योग देखिन्छन् । कार्य व्यवसायमा सफलता मिल्नुका साथै नयाँ कार्यमा मन प्रवृत्त हुनेछ । समग्रमा आजको दिन सुखद् रूपमा व्यतित हुने देखिन्छ ।

धनु राशिः आर्थिक लाभ हुनेछ । मित्रजनको साथ सहयोग मिल्नुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छ । आयमा वृद्धि हुने आजको राशिफल रहेको छ ।

मकर राशिः व्यवसायमा वृद्धि हुनेछ । मित्र बल अधिक रहनुका साथै कार्यमा सफलता प्राप्त हुने देखिन्छ । कला मनोरञ्जनमा आकर्षण रहने आजको राशिफल रहेको छ ।

कुम्भ राशिः शत्रुपक्ष सबल रहनेछन्, कार्य व्यववधाका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । शारीरिक आलश्यताले दिन संघर्षदायी बनाउने देखिन्छ ।

मीन राशिः मनमा प्रसन्नता रहनेछ । आय आर्जनमा वृद्धि हुनुका साथै भौतिक वसतुबाट विशेष लाभ रहने देखिन्छ । सकारात्मक कार्यमा मन प्रवृत्ति हुने आजको राशिफल रहेको छ ।

 

प्रकाशित समय ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation