DG Creation

गृहपृष्ठ प्रशिक्षक खड्गीलाई चेल्सीको जर्सी

प्रशिक्षक खड्गीलाई चेल्सीको जर्सी

Chelsea-candles khabar

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको चेल्सी नेपाल अफिसियल सपोर्टर्स क्लबले प्रशिक्षक सल्यान खड्गीलाई क्लबका खेलाडीले हस्ताक्षर गरेको जर्सी प्रदान गरेका छन् ।

चेल्सी नेपालले खड्गीलाई चेल्सीका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकको हस्ताक्षर गरेर पठाएको जर्सी हस्तान्तरण गरेको हो । खड्गीलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले जर्सी हस्तान्तरण गरेका हुन् ।

जर्सी ग्रहणपछि प्रशिक्षक खड्गीले यस किसिमको कार्यले सबैलाई प्रोत्साहन हुने बताएका छन् । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले विदेशी क्लब र समर्थकले नेपाली फुटबललाई देखाएको समर्थन देखेर उत्साहित भएको बताए । अध्यक्ष शेर्पाले समर्थक समुहसँग सहकार्य गरेर फ्यान संस्कारको बिकासमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रशिक्षक खड्गीले एक महिना एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स उत्र्तिण गरेका थिए । खड्गीको प्रशिक्षणमा संकटा २०७५ को ‘ए’ डिभिजन लिगमा दोस्रो भएको थियो ।

प्रकाशित समय २२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation