DG Creation

गृहपृष्ठ थप ३११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार

थप ३११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार

Corona- Candles Khabar Corona- Candles Khabar

मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा तीन सय भन्दा बढिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् । थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ । उपत्यकामा मात्रै ५३ जना कोरोना संक्रमित थपिएका छन् । गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै, ५ हजार १ सय ३९ जना सक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

मंगलबार थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १३ हजार ८ सय ७५ जना उपचारपछि निको भएका छन् । त्यस्तै बझाङको बुंगल ३ का ६५ वर्षिय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । त्यस्तै कोरोना परीक्षणको लागि काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाबाट स्वाब संकलन गर्न थालेको मन्त्रालयले जनाएको छ । उपत्यका प्रवेश गर्ने मुख्य नाका थानकोट, फर्पिङ र साँगाबाट स्वाब संकलन गर्न थालिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

प्रकाशित समय २१:५६ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation