गृहपृष्ठ दुई दशक बढि गीतसंगीत क्षेत्रका बादशाह : ढुंगाना
दुई दशक बढि गीतसंगीत क्षेत्रका बादशाह : ढुंगाना
2दाइ नमस्कार के छ खबर सन्चै हुनुहुन्छ ?
ठिकै छ भनम अहिले सम्म राम्रो छ ।
अहिले के मा व्यस्त हुनुहुन्छ खास गरि ?
खासै केहि छैन अहिले त अलि–अलि गीतसंगीतमा व्यस्त छु भनम ।
दिन चर्या कसरी बित्दै छन् आज भोली ?
अहिले भन्नु पर्दा देश व्यापी रुपमा लागेका कोभिड –१९ अर्थात कोरोना भाइरसले गर्दा
अहिले डामाडोल भएको छ । घरमै बस्ने गित हरु लेख्ने यस्तै नै छ ।
कस्तो अहिले गित संगितको क्षेत्र ? तपाइ त लामो समय यस क्षेत्रमा कृयाशिल रुपामा लाग्नु भएको छ हैन र ?
हजुर भन्नुपर्दा यो क्षेत्र अहिले निकै पहिले बाट त हैन म भन्दा पहिले यो क्षेत्रमा लाग्नुभएका व्यक्ती धेरै हुनुहुन्छ त्यसैले मलाई लामो समय भन्दा अलि कस्तो कस्तो लाग्छ ।
तपाइ त एक जावानाको हिरो भन्दा के हुन्छ ?
हिरो त भन्न मिल्दैन, किनकि त्यो बेला एक समय थियो जुन समयमा मेरा गित दर्शक श्रोताले मन पराउनु भएको हो, त्यसैले हिरो त भन्न अलि नमिल्ला ।
तपाइका गीतअहिले पनि उत्तिकै रुपमा सुन्दा आनन्द आउँछ , तपाई यो क्षेत्रमा कति सालबाट आवद्ध हुनुहुन्छ ?
गीतसंगीत म पहिले बाटनै सुन्न मन पराउने मान्छे हो, यस क्षेत्रमा आवद्ध चै २०५४ सालबाट हो ।
हरेक विवाहमा तपाइको गित गुञ्जने गरेको हामिले सुन्न सकिन्छ तपाईलाइ यस्ता सबैको मन मुटुुमा बस्न सफल गित लेख्न, गाउन कसरी प्रेरित हुनुभयो ?
यस्तो हो, अब केहि नयाँ र केहि फरक गर्ने मेरो सोच हो त्यसैले अरु गितको तुलनामा यस्ता गित लेख्ने गरेको हो ।
तपाइका धेरै पुवेली गित पनि बजारमा चर्चित छन्, त्यसैगरि काँठ क्षेत्रमा पनि उत्तिकै रुपमा गितहरु सुन्न र देख्न पाइन्छ , अहिले चै किन गित संगितलाई कम समय दिनु भएको हो ?
त्यस्तो हैन्, हामि कलाकार हौँ कलाकारिताले मात्र हाम्रो घरमा चुलो बल्दैन आफ्नो काम पनि संग–संगै लैजानु पर्दछ, त्यसैले गर्दा पनि हो फेरि गित संगितलाइ माया मारेको त हैन् ।
भनिन्छ माथि पुग्नको लागि गितसंगितलाई भर्याङ बनाउने पनि कसै–कसैको बाटो हो भनेर, तपाइलाई के लाग्छ ?
गित संगित क्षेत्र एउटा यस्तो क्षेत्र हो जो आउँछ त्यो पैसा भएर आउने हैन्, त्यसैले यो क्षेत्रमा पैसा पनि छैन् ।
मैले तपाइको कुरा बिचमा काटे, के पैसा नहँदो हो भने सबै कलाकार अहिले गाडि चडेर हिड्दछन्, कसरी कमाए त पैसा ?
हैन सबै कलाकार त्यस्ता छैनन्, कुनै–कुनै कलाकार आफ्नो क्षेत्र अलग भएर पनि गितसंगित क्षेत्रमा आफ्नो नाम स्थापित गर्नका लागि आउनु भएको छ त्यस्ता व्यक्तको हमिले खण्डन गर्नु उचित नहोला ।
तपाई त ए जिम्मेवार त्यो पनि संस्थागत रुपमा, लोक गित क्षेत्रमा बिभिन्न अर्वाड, बिभिन्न कार्यक्रम गर्दैै आएका छन् तपाइले पनि एउटा ठूलो प्रतियोगिता सम्पन्न गर्नुभइसको छ । कसरी यस्तो सोच आयो राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव गर्नलाई ?
यस्मा यस्तो छ, म र मैले मात्र सम्पन्न गरेको हैन मेरो पछाडी सबै जनाको साथ र सहयोगले म एउटा संयोजकको भूमिकामा बसेर कार्यक्रम सम्पन्न गरौँ । सबै कलाकर्मी मिडियाको ठूलो हात छ ।
अब अर्को के छ ? कसरी ल्याउनु हुन्छ कस्तो छ बिधि प्रावधान ?
माधब थापाको परिकल्पनामा गर्नु भएको कार्यक्रम डिएआर मुभिज प्रा.लि को आयोजना गरेको कार्यक्रम लाई मैले संयोजक को भुमिका मा पहिलो सिजन सफल भयो र दोस्रो सिजन अझै ब्यबस्थित र विशाल रुपमा कसरी दोस्रो सिजन गर्ने भनेर छलफल गर्दै यो कार्यक्रम लाई संस्थागत रुपमै बिकास गर्दै आगामी सिजन झन बृहत बनाउने गरि अब चाडैनै कार्यक्रमको बारेमा आयोजक संस्था सङ सहकार्य गरेर सार्वजनिक गर्नेछौं ।
कहिले बाट सुरु हुन्छ अब अर्को सिजन ?
कोरोनाको कारण अलि ढिला हुन सक्छ हामी ब्यापक तयारीमा छौँ, छिटै हामीले ल्याउने छौँ ।
हओस्, हामीलाई समय दिनु भएकोमा तपाइलाई धेरै धेरै धन्यवाद ।।।
प्रकाशित समय २१:४९ बजे















