गृहपृष्ठ आज २०७७ श्रावण १३ गते, मंगलवारको राशिफल
आज २०७७ श्रावण १३ गते, मंगलवारको राशिफल
मेष राशिः मित्र सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै मन नयाँ कार्यमा अभिप्रेरित रहनेछ । जलीय वस्तु लाभदायी रहनेछन् ।
वृष राशिः आर्थिक लाभ हुनेछ । पारिवारिक सुख मिल्नुका सथै अनुसन्धानात्मक कार्यमा विशेष लगाव रहनेछ । प्रेम जीवन सुखद् रहनेछ ।
मिथुन राशिः व्यवसायमा वृद्धि हुनेछ । कार्य उन्नतिका साथै अध्ययनमा सफलता मिल्ने देखिन्छ । मित्र पक्ष सबल रहनेछन् ।
कर्कट राशिः ग्रहबल आज कमजोर रहनेछ । खर्च वृद्धिका साथै स्वास्थ्यमा पनि प्रतिकुलता रहनसक्ने देखिन्छ । लेनदेन सजग रहनु नै उचित हुनेछ ।
सिंह राशिः सांगीतिक क्षेत्रमा रुचि रहनेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै पारिवारिक सुख मिल्नेछ । धातुजन्य वस्तु आज लाभदायी रहनेछन् ।
कन्या राशिः प्रिय सुख मिल्नेछ । कान्ति वृद्धिका साथै मन नयाँँ कार्यमा प्रवृत्त रहनेछ । धार्मिक कार्यमा रुचि रहने आजको राशिफल रहेको छ ।
तुला राशि : पराक्रम बढ्नेछ । भौतिक वसतुबाट लाभ रहनुका साथै यात्राकायोग पनि देखिन्छन् । मन नयाँ कार्यमा प्रवृत्त रहनेछ ।
वृश्चिक राशिः शत्रु पक्ष आज सबल रहनेछन् । कार्य अवरोधका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । शारीरिक आलश्यताले पनि सताउनसक्ने आजको राशिफल रहेको छ ।
धनु राशिः भौतिक वसतुबाट लाभ रहनेछ । कार्य उन्नतिका साथै साथै यात्राका योग पनि देखिन्छन् । अध्ययनको क्षेत्र पनि सबल रहनेछ ।
मकर राशिः व्यवसायमा वृद्धि हुनेछ । आय बढ्नुका साथै आध्यात्मिक चिन्तनमा मन अभिप्रेरित रहनेछ । वित्तीय उन्नतिका योग पनि देखिन्छन् ।
कुम्भ राशिः आर्थिक लाभ हुनेछ । मित्र सुखका धार्मिक कार्यमा विशेष संलग्नता रहनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।
मीन राशिः दिन कार्यदायी रहनसक्नेछ । खर्च वृद्धिका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै लाभप्रद रहनेछ ।
प्रकाशित समय ०५:०५ बजे












