गृहपृष्ठ एकैदिन १ हजार १११ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिए
एकैदिन १ हजार १११ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिए
मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण भेटिएको छ ।
देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।
यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ४ सय ८८ जना रहेका छन् ।
प्रकाशित समय १६:५२ बजे










